मान्छे, जिउँदो रुख मारेर
रुखको लासबाट झ्याल ढोका बनाउँछ
जमीनको छाती र अङ्गहरु खन्छ
एउटा सौर्न्दर्य भत्काएर मान्छे
सपनाहरु थुन्ने घर बनाउँछ
घाम-पानीले इन्द्रेणीको हरफ लेख्ने
आकाशको सादा पन्नामा मान्छे
बमबर्षकहरुलाई साँढे छोड्छ
सिद्धान्तको विषालु दाँत अर्जापेर
जिन्दगीको गर्धनमा टोक्छ मान्छे !
भन्छन् मान्छे त दैवले बनाएको हो
कस्तो सिल्ली रहेछ परमेश्वर !
मान्छेलाई तालुकदार र रैती बनाइदियो
युगाँदेखि सभ्यताको अदालतमा
यस्तै नजिर पेश भएका छन्
न्यायाधीशहरुले सधैँ उल्टो फैसला गरे
त्यही मुद्दाको मिसिल अहिले
कविताको सर्वोच्च अदालतमा पेश भएको छ
इतिहासका हरेक जिकिर सुनेपछि
युगौँदेखि मान्छे जुधाएर
रगतको खोला बगाएको अपराधमा
फेरि कतै पुनरावेदन नलाग्ने गरी
मुद्दा चल्दाचल्दै मरिसके पनि
कविताको प्रचलित कानून मुताविक
भगवानको लासलाई आज
म फाँसीको फैसला सुनाउँछु !
रुखको लासबाट झ्याल ढोका बनाउँछ
जमीनको छाती र अङ्गहरु खन्छ
एउटा सौर्न्दर्य भत्काएर मान्छे
सपनाहरु थुन्ने घर बनाउँछ
घाम-पानीले इन्द्रेणीको हरफ लेख्ने
आकाशको सादा पन्नामा मान्छे
बमबर्षकहरुलाई साँढे छोड्छ
सिद्धान्तको विषालु दाँत अर्जापेर
जिन्दगीको गर्धनमा टोक्छ मान्छे !
भन्छन् मान्छे त दैवले बनाएको हो
कस्तो सिल्ली रहेछ परमेश्वर !
मान्छेलाई तालुकदार र रैती बनाइदियो
युगाँदेखि सभ्यताको अदालतमा
यस्तै नजिर पेश भएका छन्
न्यायाधीशहरुले सधैँ उल्टो फैसला गरे
त्यही मुद्दाको मिसिल अहिले
कविताको सर्वोच्च अदालतमा पेश भएको छ
इतिहासका हरेक जिकिर सुनेपछि
युगौँदेखि मान्छे जुधाएर
रगतको खोला बगाएको अपराधमा
फेरि कतै पुनरावेदन नलाग्ने गरी
मुद्दा चल्दाचल्दै मरिसके पनि
कविताको प्रचलित कानून मुताविक
भगवानको लासलाई आज
म फाँसीको फैसला सुनाउँछु !
No comments:
Post a Comment