Wednesday, May 4, 2016

१२ - गीत जिन्दगीको (विक्रम सुब्बा)


आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीको हालेर संगीत जिन्दगीको
आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको

कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको
कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको
कहाँ पाउँथेँ र गाउँन मेरो गीत जिन्दगीको?

ठीकै गरेछुनदिएर नांगो देउतालाई संगीत भर्न जिन्दगीको
राम्रै गरेछुनदिएर कालो शासकलाई गाउँन गीत जिन्दगीको
नत्रमैले घाम-छायाँसँग लाप्पा खेल्दाको
लय र ताल सुनिन्थेन संगीतमा यो जिन्दगीको
नत्रपसिनाको देउरालीमा टाँगेको झण्डाजस्तो
फर्फराउँथेन आरोह-अवरोह यो जिन्दगीको

धेरैभयो गाएको तीतो-पीरो र अमिलो जिन्दगीको
दु:खको हिमाल बोकेर त दिनरात गाउँनै पर्थ्यौ
सुखको रक्तचाप पनि गाउँनै पर्‍याछ गीत जिन्दगीको

कहिले साथीभाइसँग प्यालाको रक्सिझैँ छचल्किँदै
कहिले पाखण्डीहरूसँग पौँठजोरीको मुठभेडमा
हार-जीतको तरवार-युद्ध पनि लडेँ जिन्दगीको
जताततै फैलिएका अचाडु नियत विरुद्ध
इन्क्लाबको दावानल पनि गाएँ यही जिन्दगीको


मानेँ कि हार्मोनियमको कुनै शास्त्रीय नोटमा
ठ्याक्क मिलाएर गाउँन सकिन होला
के भो तमैले आफ्नै स्वर-स्केल गाएँ जिन्दगीको
पीडाको मौसमी कुहिरोभित्र निसास्सिएको बखत
चट्याङको अग्निझिल्को पनि गाएँ जिन्दगीको
था'थिएनलडाइँ त जीवनभर खेल्नुपर्ने खेल रै'
तरकिमार्थ टेक्न दिईन कतै घुँडा जिन्दगीको
होकदापी गाईन पीठ फर्काई भाग्ने गीत जिन्दगीको ।


No comments:

Post a Comment