तिमीलाई
पहिलोचोटि देखेपछि
मेरा
हाराएका घाम जून भेटेजस्तो लाग्यो
तर
तिमीले भन्यौ
यी त
मेरा आँखा हुन् !
मेरो
सपना पनि हराएको थियो
हेर्दैलाँदा
त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि
तिमीले भन्यौ
यो त
मेरो शरिर हो
मेरो
आफ्नो फैलावट हो
मेरो
संगीत हराएको थियो
अचानक
एक दिन
तिम्रो
ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर
तिमीले प्रमाणसहित भन्यौ
यो त
मेरो हृदय बोलेको हो
त्यसै
गरी
मेरो
खुसि पनि हराएको थियो
हेर्दै
जाँदा त्यो पनि
तिम्रो
ओँठहरुमा अल्झिएको पाएँ
तर फेरि
तिमीले भन्यौ
यो त
मेरो मुस्कान हो
अब म के
भनौँ
अब म के
सोचौँ
तिमी
मेरा अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो
सानो देशको सानो झुप्रो हौ ?
भन भन
तिमी के हौ ? तिमी को हौ ?
No comments:
Post a Comment