पात पात पढिरहेछ बतास
गौँडा गौँडा सिटी फुकिरहेछ हुरी
चुपचाप आउने जाने रातले हतियारमा
नयाँ दिनको पखेटा काट्ने साँद चढाइरहेछ
कालो नाक-मुख लिएर यो कस्तो जमाना आएछ
कि उप्किझर्ने तारा गन्न पाउनु छैन
जुनेलीमा एकैछिन लैवरी पनि गाउन पाउनु छैन !
मान्छे त केवल
घृणा र मायाको चौकिदार त रहेछ
कहिले मायाको भकारी लुटाउँछ र रुन्छ
कहिले घृणाको ढुकुटी फुटाउँछ र हाँस्छ
तर किन कसैको सिउँदोबाट सिन्दुरको बस्ती उठाउँछ?
बुढापाकाहरुको मान्छे खाने ‘कलियुग’ यही त होला?
हाम्रा बाजेले लडेको धावामा त
एउटा मात्र हिटलर थियो भन्ने सुन्या हो
अचेल यो चार जातको फुलबारीमा
छत्तीस वर्णका हिटलरहरु फले फुलेको देख्छु
बुद्धलाई अहिंसाको राइफल खोसेर
गुम्बाको कैदखानामा थन्क्याएको देख्छु
छोराहरु फिरङ्गीका बजारमा बिकिरहेछन्
सिमाना पारीको बजारमा कसैले
चेलीहरुका मासुको मोल तोकिरहेछ
देवी देउताहरुको बथानै सिध्याएपछि
हिज-आज ब्रहृमा, विष्णु र महेश
एक अर्कालाई नै बेच्ने दाउ गर्दैछन्
झण्डामा घामजूनको निर्जीव तस्वीर मात्र बाँकी छ
जिउँदो घाम जूनलाई त कसैले
अमलेट र पोच बनाएर खाइसक्यो भन्ने सुन्छु
भीमसेनको जहानलाई नाङ्गै घुमाउनेहरु
यो मुलुकलाई दुनियाँमा निर्वस्त्र घुमाइरहेछन्
यो इतिहासको दोबाटोमा
कसले तिनलाई त्यस्तो पसल थाप्न दिइरहेछ?
घटस्थापनाको दिनदेखि औजारहरु अर्जापेर
यो नवमीको डबलीमा
म मालसिरी गाइरहेछु
कसैले ल्याऊ तिनलाई मौलोमा बाँधौँ
राक्षसहरुको बध नगरी
दशैँको टीका लगाउने साइतै निस्केन !
गौँडा गौँडा सिटी फुकिरहेछ हुरी
चुपचाप आउने जाने रातले हतियारमा
नयाँ दिनको पखेटा काट्ने साँद चढाइरहेछ
कालो नाक-मुख लिएर यो कस्तो जमाना आएछ
कि उप्किझर्ने तारा गन्न पाउनु छैन
जुनेलीमा एकैछिन लैवरी पनि गाउन पाउनु छैन !
मान्छे त केवल
घृणा र मायाको चौकिदार त रहेछ
कहिले मायाको भकारी लुटाउँछ र रुन्छ
कहिले घृणाको ढुकुटी फुटाउँछ र हाँस्छ
तर किन कसैको सिउँदोबाट सिन्दुरको बस्ती उठाउँछ?
बुढापाकाहरुको मान्छे खाने ‘कलियुग’ यही त होला?
हाम्रा बाजेले लडेको धावामा त
एउटा मात्र हिटलर थियो भन्ने सुन्या हो
अचेल यो चार जातको फुलबारीमा
छत्तीस वर्णका हिटलरहरु फले फुलेको देख्छु
बुद्धलाई अहिंसाको राइफल खोसेर
गुम्बाको कैदखानामा थन्क्याएको देख्छु
छोराहरु फिरङ्गीका बजारमा बिकिरहेछन्
सिमाना पारीको बजारमा कसैले
चेलीहरुका मासुको मोल तोकिरहेछ
देवी देउताहरुको बथानै सिध्याएपछि
हिज-आज ब्रहृमा, विष्णु र महेश
एक अर्कालाई नै बेच्ने दाउ गर्दैछन्
झण्डामा घामजूनको निर्जीव तस्वीर मात्र बाँकी छ
जिउँदो घाम जूनलाई त कसैले
अमलेट र पोच बनाएर खाइसक्यो भन्ने सुन्छु
भीमसेनको जहानलाई नाङ्गै घुमाउनेहरु
यो मुलुकलाई दुनियाँमा निर्वस्त्र घुमाइरहेछन्
यो इतिहासको दोबाटोमा
कसले तिनलाई त्यस्तो पसल थाप्न दिइरहेछ?
घटस्थापनाको दिनदेखि औजारहरु अर्जापेर
यो नवमीको डबलीमा
म मालसिरी गाइरहेछु
कसैले ल्याऊ तिनलाई मौलोमा बाँधौँ
राक्षसहरुको बध नगरी
दशैँको टीका लगाउने साइतै निस्केन !
No comments:
Post a Comment