Wednesday, May 4, 2016

१७ - खतरनाक कुरा (विक्रम सुब्बा)

म बाँचेको छु
यो उनीहरूका लागि खतरनाक कुरा हो

उनीहरूको निरंकुशता म बुझ्दछु
यो उनीहरूका लागी दोस्रो खतरनाक कुरा हो

म एउटा अर्को काम गर्नेवाला छु
त्यो उनीहरुका लागि
अन्तिम खतरनाक कुरा हुनेछ ।


No comments:

Post a Comment