Wednesday, May 4, 2016

१४ - हार्मोनियम (विक्रम सुब्बा)

सप्तकोशीको तार सप्तक
सप्तगण्डकीको मध्य सप्तक
सप्तकर्णालीको मन्द्र सप्तक
एक्काइस स्वरहरूको यो हार्मोनियम

हार्मोनियमको कुनै पनि पर्दा थिचेर
आफ्नो गीत थाल
तर हार्मोनियम नै फुटाए
सरगम पनि टुट्नेछ

र कुनै मीठो संगीत बज्ने छैन 

No comments:

Post a Comment