रात सपनै ओढेर कट्यो
बिहानीले ओढ्ने झण्डा नाङ्गै देखिन्छ
कालो वस्त्र ओढेको जमाना
हतियार लिएर पसेको छ
फेरि अनिदो नै कट्ने भयो रात ।
अँध्यारोको हाँगा हाँगामा फुल्ने फूल रहेछ उज्यालो
जतिसुकै अँध्यारोले तुरुङमा हाले पनि
दिमागमा दाखिल हुने थुँगा रहेछ उज्यालो
मानिलिउँ, अँध्यारो मरेको होस्
र उज्यालो ओछयानमा सिकिस्त होस्
जिन्दगी मृत्युले मातेको होस्
हत्याराहरु रगतले मातेका होउन्
उद्देश्यविहीन बादलमुनि
जब रुखमा पालुवाका परेली पनि हुँदैनन्
युग सर्वाङ्ग नाङ्गो भएको हुन्छ
ठीक त्यसैबेला जमानाको लाज
वस्त्र कविताले ढाक्नु छ मैले
बलात्कृत हुनबाट त बचाउनै सकिन
देशलाई कमसे कम नाङ्गै हेर्न सक्दिन ।
बिहानीले ओढ्ने झण्डा नाङ्गै देखिन्छ
कालो वस्त्र ओढेको जमाना
हतियार लिएर पसेको छ
फेरि अनिदो नै कट्ने भयो रात ।
अँध्यारोको हाँगा हाँगामा फुल्ने फूल रहेछ उज्यालो
जतिसुकै अँध्यारोले तुरुङमा हाले पनि
दिमागमा दाखिल हुने थुँगा रहेछ उज्यालो
मानिलिउँ, अँध्यारो मरेको होस्
र उज्यालो ओछयानमा सिकिस्त होस्
जिन्दगी मृत्युले मातेको होस्
हत्याराहरु रगतले मातेका होउन्
उद्देश्यविहीन बादलमुनि
जब रुखमा पालुवाका परेली पनि हुँदैनन्
युग सर्वाङ्ग नाङ्गो भएको हुन्छ
ठीक त्यसैबेला जमानाको लाज
वस्त्र कविताले ढाक्नु छ मैले
बलात्कृत हुनबाट त बचाउनै सकिन
देशलाई कमसे कम नाङ्गै हेर्न सक्दिन ।
No comments:
Post a Comment