उमङ्गका
थरिथरि रङ्गहरु
सुखदु:खको
पसिनामा घोलेर
मायाको
मुलायम कूचिले
मेरो
दिमागमा उतार्यो तिम्रो तस्बिर
ढुक्ढुकीको
मिसिलमा नत्थी भइसकेपछि
दसीप्रमाण
भएर बस्दो रै'छ तस्बिर
रगतका
अणु-अणुमा दाखिल भएपछि
ज्यान
गए नमेँटिँदो रहेछ माया...
कुनैदिन
चाहियो भने मसँग माँग्नु...
ओ
मातृभूमि !
यो
हुल्दङ्गाको शहरविच
तिम्रो
तस्बिरको गुरुकापी
मेरै शरीरको फ्रेममा सुरक्षित छ...
No comments:
Post a Comment