तिम्रो मनमा खोज, त्यहीँ भेट्नेछौ
सम्झना-पन्नाहरू पढ, त्यहीँ देख्नेछौ
स्वासका गती छाम, त्यहीँ छुनेछौ
नित्य संवेदनामै भेटेर, दंग पर्नेछौ
गाऊ गीत त्यहाँ, लय बनी लहराउँनेछ
कवितामा तिम्रो भाव बनेर छाउँनेछ
आकास पनि, घामको न्यानो हाँस्नेछ
तिम्रो बगैँचामा फूल बनेर उदाउँनेछ
धडकन सुन, दंग-फुरुङ्ग भइ झँगिनेछ
जिन्दगीको अँधा्यारोमा जूनझैँ टाँगिनेछ
नुनीलो आँशुमा पनि प्रणय-पृत चाख्नेछौ
खुशीमा मेरै प्रेम-तरंगले तिमी नाच्नेछौ ।
(26
August 2018, Sangkhamul, Kathmandu)