Friday, May 6, 2016

२३ - छाता (विक्रम सुब्बा)

सेँठसँग लिएको कालो रंगको होस्
या अमेरिकाबाट आएको छिर्बिरे
यूएनमार्फत आएको नीलो रंगको होस्
या रक्सौल हुँदै पसेको पेटारे
ओढेको दिनदेखि शिरमाथि चढ्छन् छाताहरू
र सकृय हुन्छन् उभिण्डो टाँगेर आफ्ना टाउकाहरू ।

ईतिहासको यो घडीमा
होसियार ! छाता ओढ्ने मानिस !!
उभिण्डो टाउके छाताले
तिमीलाई सुभिण्डो सुरक्षा देलान्?

No comments:

Post a Comment