ओ प्रजातन्त्रसँगै
अमेरिकाबाट आयातीत एलसेसियन कुकुर,
तिमी हेर्दा गज्जबको देखिन्छौ
दुनियामा जसलाई पनि टोक्न सक्ने
तर, तिमीलाई पाल्ने
समय र स्रोत मेरो ढुकुटीमा छैन
तेसैले तिमीलाई
भुस्याहाहरूकै हुलमा छोड्न म बाध्य छु
ओ भारतको अनुमतीमा किनिएको
सान्दार कालो र चिसो बन्दुक - एसएलआर
तिमी कुनै पनि छिमेकीलाई मार्न सक्छौ
तर, एउटा हत्या गर्न कति षडयन्त्र रच्नु पर्छ !
कुन दिन मलाई नै मार्ने हौ? था'छैन
जसप्रति मेरो मनमा हजार संका उब्जिन्छन्
तेसैले तिमीलाई भरोसा नगर्न म बाध्य छु
संसारको सबैभन्दा खतरनाक हतियार
कुनै रिमुटले संचालित
ओ कुनै भव्य राजनैतिक पार्टी नेता !
कसैले डिजाईन गरेका मीठा सपना बाँड्छौ
कसैले चाबि दिएको खेलौनाजस्तो
तर, मेरा समस्याले गाँजेको निद्रामा
तिमीले दिएको सपना टाँस्ने ठाउँ छैन, र तिमी
मेरो लागी बेकामको थोत्रो सिआइडी हौ
र तिम्रा षडयन्त्रहरूको जाली रुमालले
मेरो मुलुकको भलो नहुने कुरा बुझ्न बाध्य छु
कोही हाँसे सिआइएको कुकुर हाँसेजस्तो लाग्छ यहाँ
कुनै बन्दुक नाल देखे "र"को आँखा देखेजस्तो लाग्छ यहाँ
कुनै "नेता" खुंखार सिआइडीको थुतुनोजस्तो लाग्छ यहाँ
म अचेल यस्तै देख्न बाध्य भएकोछु
म जस्तै बाध्य कोही छ?
भएदेखि मेरो चौतारीमा आउँनु
हामी संगै बसेर
नित्य चिलाउँने घाउहरू कन्याउँला…
अमेरिकाबाट आयातीत एलसेसियन कुकुर,
तिमी हेर्दा गज्जबको देखिन्छौ
दुनियामा जसलाई पनि टोक्न सक्ने
तर, तिमीलाई पाल्ने
समय र स्रोत मेरो ढुकुटीमा छैन
तेसैले तिमीलाई
भुस्याहाहरूकै हुलमा छोड्न म बाध्य छु
ओ भारतको अनुमतीमा किनिएको
सान्दार कालो र चिसो बन्दुक - एसएलआर
तिमी कुनै पनि छिमेकीलाई मार्न सक्छौ
तर, एउटा हत्या गर्न कति षडयन्त्र रच्नु पर्छ !
कुन दिन मलाई नै मार्ने हौ? था'छैन
जसप्रति मेरो मनमा हजार संका उब्जिन्छन्
तेसैले तिमीलाई भरोसा नगर्न म बाध्य छु
संसारको सबैभन्दा खतरनाक हतियार
कुनै रिमुटले संचालित
ओ कुनै भव्य राजनैतिक पार्टी नेता !
कसैले डिजाईन गरेका मीठा सपना बाँड्छौ
कसैले चाबि दिएको खेलौनाजस्तो
तर, मेरा समस्याले गाँजेको निद्रामा
तिमीले दिएको सपना टाँस्ने ठाउँ छैन, र तिमी
मेरो लागी बेकामको थोत्रो सिआइडी हौ
र तिम्रा षडयन्त्रहरूको जाली रुमालले
मेरो मुलुकको भलो नहुने कुरा बुझ्न बाध्य छु
कोही हाँसे सिआइएको कुकुर हाँसेजस्तो लाग्छ यहाँ
कुनै बन्दुक नाल देखे "र"को आँखा देखेजस्तो लाग्छ यहाँ
कुनै "नेता" खुंखार सिआइडीको थुतुनोजस्तो लाग्छ यहाँ
म अचेल यस्तै देख्न बाध्य भएकोछु
म जस्तै बाध्य कोही छ?
भएदेखि मेरो चौतारीमा आउँनु
हामी संगै बसेर
नित्य चिलाउँने घाउहरू कन्याउँला…
No comments:
Post a Comment