Monday, January 16, 2017

५६ मनुष्य-मुन्धुम (विक्रम सुब्बा)

एउटा मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व वाल्यकालपछि हिन्दु बन्यो, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
अर्को मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व जवानीमा बन्यो ईसाई, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
एउटा मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व एक दिन मुस्लीम बन्यो, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
अर्को मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व अधवैँशमा बन्यो वौद्ध, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
दुनियामा जताततै युद्ध-अशान्ति फैलियो
कोलाहल-रक्तपात रोकी युद्धविराम गरेर
शान्तिवार्तामा सर्वश्रेष्ठहरूको कुरा चल्यो
सर्वश्रेष्ठ हिन्दुले अरुलाई अचाढु देखायो
अरुलाई सैतान भन्यो सर्वश्रेष्ठ ईसाईले
सर्वश्रेष्ठ मुस्लीमले अरुलाई बैमान भन्यो
वार्तामा पाएन प्रवेश वुद्धको शान्तिले
सर्वश्रेष्ठहरू झन बेस्सरी रन्किएपछि
जताततै अनेक संग्राम निरन्तर चल्यो
सकल सर्वश्रेष्ठहरू रहेसम्म धर्तीमा, नित्य
चलाई रणभूमिको गोरखधन्दा, सबले
कायम राख्ने भए श्रेष्ठ अहंकार आफ्नो!

No comments:

Post a Comment