उसलाई
देख्नु मात्र पर्छ म सन्सार बिर्सन्छु
उसलाई
छुनु मात्र पर्छ म सन्सार बिर्सन्छु
हामी
सँगै हुनु मात्र पर्छ म सन्सार बिर्सन्छु
प्यारी
नाओमीले छुँदा म सन्सार बिर्सन्छु !
उसको
आँखै जून हो र त आकाश बिर्सन्छु
उसको
मुस्कानै फुल हो र बगैँचा बिर्सन्छु
उसको
अंगालो दौलत र सुनचाँदी बिर्सन्छु
प्यारी
नाओमीले हाँस्दा म सन्सार बिर्सन्छु
उ
नै स्वर्वश्व र त नेपाल-अमेरिका बिर्सन्छु
उ
नै मेरो ढुकढुकी र त गीत-संगीत बिर्सन्छु
उ
नयाँ जीन-फूल म त पात झरेको बिर्सन्छु
प्यारी
नाओमी खेलेको हेर्दा सन्सार बिर्सन्छु
उ
निक्खुर वंश-काव्य अरु कविता बिर्सन्छु
उ
नै ब्रम्हाण्ड दुनिया हल्ला रमिता बिर्सन्छु
उ
भित्रै बाँचिरैछु तसर्थ अब कतै सर्न बिर्सन्छु
नाओमीले
‘लवयू बाजे’ भन्दा म मर्न बिर्सन्छु !
(जनवरी
२९, २०१८, मेरी नातिनी नाओमी-नूमा जनवरी ६, २०१८ मा उसको बा द्रोणविक्रम ईङवाबा र उसकी आमा ज्यासमीन ईङवामासँग नेपाल आएर हामीसँग बसि फेब्रुअरी ६, २०१८ मा अमेरिका फर्कि । नातिनीको मायाले मलाई अनौठो किसिमले गाँज्य र कविता लेखेँ ।)
No comments:
Post a Comment