Wednesday, July 5, 2017

६१ आत्म-निर्णय



तिमीमा ईमान्दार हुने गुण पनि छ
तिमीमा बेईमान हुने गुण पनि छ
ईमान्दार हुने कि बेईमान?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा दयालु हुने गुण पनि छ
तिमीमा राक्षस हुने गुण पनि छ
दयालु हुने कि राक्षस?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा नैतिकवान हुने गुण पनि छ
तिमीमा भ्रष्ट हुने गुण पनि छ
नैतिकवान हुने कि भ्रष्ठ?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा खुशिसँग जिउँने गुण पनि छ
तिमीमा दिक्दार जिन्दगी जिउँने गुण पनि छ
खुशीसँग कि दिक्दार जिन्दगी जिउँने?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा सबैलाई सम्मान गर्ने गुण पनि छ
तिमीमा सबैलाई घृणा गर्ने गुण पनि छ
सम्मान बाँड्ने कि घृणा छर्ने?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा सबैसँग बदला लिने गुण पनि छ
तिमीमा सबैलाई माफ गर्ने गुण पनि छ
बदला लिने कि माफ दिने?
निर्णय तिम्रो आफ्नै हो ।


तिमीमा मुलुकप्रति गद्दारी गर्ने गुण पनि छ
तिमीमा देशभक्तीको गुण पनि छ
गद्दार हुने कि देशभक्त हुने?
निर्णय तिम्रो आफ्नै हो ।


बस्, मेरो कविताले यत्ति भन्छ -
तिमी जे जे काम गर्छौ
त्यो तिम्रै निर्णय हो, तर
तिम्रा कामहरूको असर भने
सबैभन्दा पहिले तिमी आफैले,
तिम्रा सन्तान लगायत समाजले भोग्नु पर्छ ।

No comments:

Post a Comment